मुक्तककार भुवन सापकोटाका पाँच मुक्तक।

0 0
Read Time:1 Minute, 15 Second
©भुवन सापकोटा
थुमाकोडाडा गा.वि.स._७ कास्की


मेची देखि महाकाली सबै नेपाली।
तराई पहाड हिमालि सबै नेपाली।
सुन्दर फूलबारी मेरो प्यारो नेपाल।
बन्नुपर्छ यसका माली सबै नेपाली।


हात मागेर खुट्टा तानिन्छ शहरमा।
अँगालो मारेरै छुरा हानिन्छ शहरमा।
मर्न त पलपल हाँसिहाँसि मर्नु पर्छ।
मरेरै भएपनि बाँच्न जानिन्छ शहरमा।


कहिले खुशी कहिले सोक हो माया।
कहिले भोजन कहिले भोक हो माया।
सुनिन्छ,मायाले मार्यो,माया बिना मर्छु।
कहिले घाँडो कहिले सब थोक हो माया।


कसैले गर्दैन माया अामाको जस्तो।
हुदैन पिपलको छाया आमाको जस्तो।
नपत्याय हजारौं नारी जम्मा पारेर हेर।
गर्दैनन् रेखदेख दायाँबायाँ अामाको जस्तो।


को आउँछ  को जान्छ ।
के ल्याउछ के लान्छ।
मलाई केही मतलब छैन।
दुनियाँ जान्न चाहान्छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Next Post

गजलकार इलामेली टिकारामका गजल।

इलामेली टिकाराम दुलाल हलो जुवा पाटी काँ छ सोईलो चिन्न छोडे अचेल।फलामको सटर् अरे दोईलो चिन्न छोडे अचेल। भाषा पनि अर्कै भा’ छ नेपाली त लाज लाग्छ ।कोदो ढिडो कमै भातको चोईलो चिन्न छोडे अचेल। नाताबाद क्रिपाबाद पैसाको यो संसारमा।स्टोभ अरे ग्यास अरे कोईलो चिन्न छोडे अचेल। यस्तै हो भने […]

You May Like

सिर्जना मञ्च