Read Time:53 Second
![]() |
सौगात मगर निराशी टांगीयावस्ती बारा नेपाल |
गरिबीको पीडा मनमा भरपुर भएर।
रिन काडेर बिदेशीएँ मजवुर भएर।
धेरै रुन्छु दशै तिहार अायो भन्ने सुन्दा,
चाडपर्व मनाउन पाइन् दुर भएर।
दिक्क लाग्छ परदेशी यो जीवन देखेर,
अाफैलाइ हेरी रिसाइ बस्छु चुर भएर।
हरेक दिन हेरीरहन्छु भित्ते पात्रोलाई,
आफ्नो देश फर्किनलाइ अातुर भएर।
पिर व्यथा सुनाउदिन कसैलाई पनि,
मेरो जिन्दगीको कथा यो झुर भएर।