Read Time:1 Minute, 5 Second
![]() |
✍ साधना लामीछाने |
तिम्रो
मनको मरुभुमिमा
प्रेमको वृक्षारोपण गरिदिउँकी
तिमी
सम्म पुग्ने पीडाहरु छेक्ने
ओजन तह बनिदिउँकी।
शुद्दिकरणको विधीबाट
हाम्रो प्रेम शुद्द गरौँला
यो मन बाट
त्यो मन जोड्ने
ब्रिज बनाऔँला
तिमी
दुई मनको बीजमा
प्रेमिल बोन्ड बनाउनु
प्रेमको ईलेक्ट्रोन डोनेट गर्नु
यो मुटुको
सबै सबसेललाई
प्रेम नै प्रेमले भर्नु।
म रिसाउँछु
तिमी फकाउनु
तिमी रिसाउनु
म फकाउँला
यसरी नै
सन्तुलित गरौँला
प्रेमको समीकरण
क्याटालिस्ट बनेर
प्रेमको दर बढाऔँला
चुम्बक जस्तै
एकअर्का प्रति
आकर्षित बनौँला
जिन्दगीमा
प्रेमको फ्लेवर भरौँला
यसरी नै
जीवनभर प्रेम गरौँला।