Read Time:39 Second
✍️ जीविका अश्रु
गान्तोक सिक्किम
घर छोड्यो
एउटा कायरले
बिर्स्यो पुरै परिवार
बिर्सिन नसकी नसकीपनि
बिर्सेझैं गर्यो अभिनय
सम्झिनै पर्ने हो।
नाटक गर्यो नसम्झेको।
तोड्यो सम्बन्ध स्वास्नीसँग
इष्टमित्र र आफन्तसँग
कहिले नजोडिनेगरी तोड्यो
नामसम्म लिन मन पराउदैन।
किन?
किनकि
उसकी स्वास्नी
स्वाभिमानी छे,
साहासी छे,
शिक्षित छे,
र ऊ भन्दा
कैयौंगुणा सक्षम छे।