गजल

1 0
Read Time:48 Second

कतै  थोरै  हुन्छ  त  कतै  धेर हुन्छ।
सोच्नै पर्ने बेलामा नसोचे बेर हुन्छ।

महत्त्व  उतिकै   रहन्छ  सबै कुराको
मिल्काएको टलोको पनि फेर हुन्छ।

जसले गोरेटो लाई  भत्काएर गए थ्यो
वर्ता नभए पनि कुनै दिन हेरा हेर हुन्छ।

समयको  चमत्कार  बुझ्नै  सकिन्न
घरको बिरालो पनि पछि शेर हुन्छ।

पछुतो लाग्ने  रहेछ  एक दिन अवस्य
जब मन र मस्तिष्कको केरा केर हुन्छ।

जलाउनु  पर्दैन मुटु लाई सलाई कोरेर
जसलाई ओताएको झरीमा खेर हुन्छ।


विवश चौलागाईं

हेटौंडा -११ भैरवकुन्ञ

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

You May Like

सिर्जना मञ्च